महोत्तरीमा गाँजासहित पक्राउ परेका फरार प्रतिवादी स्याङ्तान पुनः पक्राउ

Nov 20, 2026 - 12:19
 0  12
महोत्तरीमा गाँजासहित पक्राउ परेका फरार प्रतिवादी स्याङ्तान पुनः पक्राउ

४ मंसिर,महोत्तरी । लागूऔषध गाँजासहित पक्राउ परेर कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेला फरार भएका एक प्रतिवादी पुनः पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी ३१ वर्षीय रंगलाल स्याङ्तान रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सुक्रबार  बर्दिबास नगरपालिका–१ बाट उनलाई पक्राउ गरेको हो ।

 प्रहरीका अनुसार स्याङ्तानलाई २०८२ जेठ २६ गते लागूऔषध गाँजा ४० किलो र विद्युतीय कार (ईभी) सहित पक्राउ गरिएको थियो ।

उनलाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरी, जलेश्वरमा राखिएको थियो । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट भागेर फरार भएका थिए ।

लागूऔषध नियन्त्रण ब्युरोले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फरार प्रतिवादी स्याङ्तानलाई पुनः पक्राउ गरिएको जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0