मकवानपुरमा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा चिकित्सक पक्राउ
ईर्साद अन्सारी
८ मंसिर,मकवानपुर । १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगर नजिक डेरामा बस्दै आएका ३१ वर्षीय प्रियम यादव रहेका छन्।
उनी हेटौँडा अस्पतालमा कार्यरत चिकित्सक हुन्। प्रहरीका अनुसार मंसिर ६ गते साँझ ७ः५५ बजे किशोरीले घटनाबारे जानकारी गराएपछि प्रहरीले सोही राति यादवलाई हेटौँडा अस्पतालबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0