भारतको रोहतकमा भीषण ग्याङवार : ढाबामा अन्धाधुन्ध गोली प्रहार, चार जनाको मृत्यु

Nov 26, 2026 - 11:10
 0  15
भारतको रोहतकमा भीषण ग्याङवार : ढाबामा अन्धाधुन्ध गोली प्रहार, चार जनाको मृत्यु

१० मंसिर,काठमाण्डाैं  । भारतको हरियाणा राज्यस्थित रोहतकमा दुई समूहबीच भएको भनिएको ग्याङवारमा गोली लागेर चार युवकको मृत्यु भएको छ।

बुधबार मध्यराति करिब १ बजे रोहतकको दिल्ली रोडस्थित खरावड गाउँनजिकै रहेको मिलन ढाबामा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रारम्भिक विवरणअनुसार स्विफ्ट कारसहित आएका पाँचदेखि सात जनासम्म हतियारधारीले ढाबामा खाना खाइरहेका युवकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गोली लागेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ज्यान जोगाउन भागेका अर्का एक युवकलाई हमलाकारीले पछ्याएर गोली हानी हत्या गरेका थिए।

 मृत्यु हुनेमा डीघल गाउँका रिंकु, विनित र हर्ष उर्फ गन्जु तथा झज्जर जिल्लाको बेरी क्षेत्रका हिमांशु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

  उक्त घटना भाऊ रिटोलिया र सन्नी रिटोलिया समूहबीचको पुरानो दुश्मनीसँग जोडिएको प्रहरीको प्रारम्भिक आशंका छ। घटनास्थल खरावड प्रहरी चौकीबाट करिब ५० मिटरको दूरीमा रहेको बताइएको छ।

घटनापछि रोहतक प्रहरीका आईजी हामिद अख्तर, एसपी गौरव राजपुरोहितसहितका अधिकारी घटनास्थल पुगेका थिए। प्रहरीले सीआईए, स्पेसल सेल र फरेन्सिक टोली परिचालन गरी अनुसन्धान सुरु गरेको छ।

आसपासका सीसीटीभी फुटेजसमेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। यसैबीच, हिमांशु भाऊ समूहले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको दाबी गरेको समाचार सार्वजनिक भएको छ।

तर उक्त दाबीको प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।फाेटाे:अमर उजाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0