बिर्तामोडमा ‘ग्लोबल ओरियन्स’को कार्यालयमा प्रहरी छापा, ४१ जना नियन्त्रणमा

Sep 3, 2026 - 14:36
 0  6
बिर्तामोडमा ‘ग्लोबल ओरियन्स’को कार्यालयमा प्रहरी छापा, ४१ जना नियन्त्रणमा

१८ भदाै,झापा । झापाको बिर्तामोडमा प्रहरीले ‘ग्लोबल ओरियन्स’ नामक कम्पनीको कार्यालयमा छापा हानेर ४१ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कम्पनीले गैरकानुनी रूपमा स्वास्थ्य चेकजाँच तथा औषधि बिक्री गर्ने र नेटवर्किङ व्यवसायको नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

 नियन्त्रणमा लिइएकामध्ये २२ जना महिला र १९ जना पुरुष रहेका छन्। प्रहरीले कम्पनीको कार्यालयबाट स्वास्थ्य परीक्षण तथा औषधि बिक्रीसँग सम्बन्धित सामग्री र अन्य कागजातसमेत बरामद गरेको जनाएको छ।

 कम्पनीले नेटवर्किङ व्यवसायको आवरणमा सर्वसाधारणलाई आकर्षित गरी रकम असुल्ने गरेको आरोपबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि लागेको आरोप पुष्टि हुन बाँकी रहेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 अनुसन्धानबाट कम्पनीको वास्तविक कारोबार, संलग्न व्यक्तिहरू तथा आर्थिक गतिविधिबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0