बिर्तामोडबाट १८ ग्राम बढी ब्राउन सुगरजस्तो पदार्थ र १३ लाख ३९ हजार नगदसहित महिला पक्राउ
१३ मंसिर, झापा । झापाको बिर्तामोडबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध तथा १३ लाख ३९ हजार रुपैयाँ नगदसहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ बिर्तामोड नगरपालिका–५ जिराइत टोलबाट ३६ वर्षीया पार्वता राजवंशीलाई पक्राउ गरेको हो।
मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी स्थायी घर भई बिर्तामोड–५ मा कोठा भाडामा बस्दै आएकी राजवंशीलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा प्लास्टिकसहित २२ ग्राम २७० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको कोठा खानतलासी गर्दा लागूऔषध लतपतिएको छुरी एक थान, कैँची एक थान, डिजिटल तराजु एक थान, नेपाली नगद १३ लाख ३९ हजार रुपैयाँ, एउटा साधारण मोबाइल र एउटा भिभो स्क्रिन टच मोबाइल बरामद गरेको छ।
पक्राउ परेकी राजवंशीलाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0