बारा र रौतहटका चार युवक ललितपुरबाट पक्राउ: ‘खल्ती’को कर्मचारी बनेर बैंक तथा वालेट ठगी गरेको आरोप

Oct 8, 2026 - 18:39
 0  17
बारा र रौतहटका चार युवक ललितपुरबाट पक्राउ: ‘खल्ती’को कर्मचारी बनेर बैंक तथा वालेट ठगी गरेको आरोप

२२ असाेज,भक्तपुर । बारा र रौतहटका चार युवकले ‘खल्ती’को आधिकारिक कर्मचारी भएको भन्दै सर्वसाधारणलाई फोन गरी बैंक तथा डिजिटल वालेटबाट रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले उनीहरूलाई ललितपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ का २३ वर्षीय सुभम कुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ का २२ वर्षीय पवन कुमार चौधरी र रौतहट गरुडा नगरपालिका–१ का २१ वर्षीय रिसी गंगा रहेका छन्।

 उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफू ‘खल्ती’को आधिकारिक कर्मचारी भएको बताउने, स्क्रिन सेयर गर्न लगाउने तथा ओटीपी कोड लिनेजस्ता कार्य गरी सर्वसाधारणका बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्‍याउने गरेको प्रहरीले जनाएको छ।

त्यसपछि खातामा रहेको रकम विभिन्न व्यक्तिका खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको आरोपमा उनीहरूलाई असोज २१ गते अपराह्न करिब ४ बजे ललितपुर महानगरपालिका–२८ हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तल्लामा रहेको कोठा नम्बर TE/1305 बाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई अनलाइन ठगी तथा लागूऔषध मुद्दामा असोज २२ गते भक्तपुर जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0