बाँकेमा हवाई फायरपछि १०३ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

Sep 23, 2026 - 08:27
 0  3
बाँकेमा हवाई फायरपछि १०३ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

७ असाेज,बाँके । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले हवाई फायर गरी १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्यूरोका अनुसार भारतको बाह्रपंखीबाट खैरो हेरोइन ल्याई लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहको निगरानीका क्रममा मंगलबार राति १०ः४५ बजे घटना भएको हो। ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४ मा भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागेर रोक्न खोजेको थियो।

तर, उनी मोटरसाइकल नरोकी भागेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो। हवाई फायरपछि पनि भाग्न खोजेपछि प्रहरीले मोटरसाइकलको टायरमा दुई राउण्ड गोली प्रहार गरी मंगलबार राति १०ः४५ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, बहराइच जिल्ला रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राई रहेका छन्। उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन, भारतीय नम्बर UP40J0657 को मोटरसाइकल र एउटा मोबाइल बरामद भएको छ। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

 लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खैरो हेरोइनको कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको ब्यूरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0