बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

Nov 8, 2026 - 17:40
 0  5
बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

२२ कातिक,काठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकखण्डमा कारको ठक्करबाट स्कुटरमा पछाडि सवार एक युवतीको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) रहेकी छन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२-०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षीया शान्ताकुमारी तामाङले चलाएको कारको ठक्करबाट स्कुटरको पछाडि सवार शेर्पा गम्भीर घाइते भएकी थिइन् ।

 उनलाई तत्काल उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा दिउँसो ३:१७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा स्कुटर चालक दोलखा घर भई हाल बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामी सामान्य अवस्थामा रहेका छन् ।

दुर्घटनामा स्कुटर चालक दोलखा घर भई हाल बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामी सामान्य अवस्थामा रहेका छन् । दुर्घटनामा संलग्न कार चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा राखिएको छ ।

 कारलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्र पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0