फलामको डण्डीले टाउकोमा प्रहार गर्दा तनहुँमा भारतीय नागरिकको मृत्यु, आरोपी पक्राउ
९ असाेज,तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित एक ग्यारेजमा फलामको डण्डी प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मृत्यु हुनेमा भारतको मोतिहारी जिल्ला घर भई हाल सोही ग्यारेजमा काम गर्दै आएका ५० वर्षीय लालवचन शाह रहेका छन्।
प्रहरीका अनुसार भारतको बेतिया जिल्ला घर भई सोही ग्यारेजमा काम गर्ने ३२ वर्षीय जावेद आलमले मादक पदार्थ सेवन गरी शाहको टाउकोमा फलामको डण्डीले प्रहार गरेका थिए।
डण्डी प्रहारबाट गम्भीर घाइते भएका शाहलाई उपचारका लागि आँबुखैरेनी अस्पताल, तनहुँ लगिएको थियो। तर अस्पताल पुर्याइएका शाहलाई चिकित्सकले राति ८ः३५ बजे मृत घोषणा गरेका थिए।
घटना लगत्तै आलम फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा उनलाई आँबुखैरेनी गाउँपालिका–३ भित्री बजारबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0