पोखरा घुम्न गएका रक्सौलका दुई युवकको फेवातालमा कार खस्दा मृत्यु,दुईजना घाईते

Sep 4, 2026 - 17:48
 0  6
पोखरा घुम्न गएका रक्सौलका दुई युवकको फेवातालमा कार खस्दा मृत्यु,दुईजना घाईते

१९ भदाै,बारा । पोखरा घुम्न गएका रक्सौलका दुई भारतीय पर्यटकको फेवातालमा कार खस्दा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 शुक्रबार बिहान करिब ४ः५० बजे पोखरा महानगरपालिका–१८ गारिचौतारा घुम्ती नजिकै भारतीय नम्बर BR 05 BB 6759 को कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।

 दुर्घटनामा रक्सौल निवासी २६ वर्षीय नवदीप कुमार यादव र करिब २६ वर्षीय प्रियंशु पाण्डेको मृत्यु भएको हो।

उनीहरू साथीहरूसँग पोखरा घुम्न गएका थिए। दुर्घटनामा रक्सौलकै २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्।

उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी कारसमेत क्रेनको सहयोगमा तालबाट निकालेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0