पोखरामा जिप दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु, १२ जना घाइते

Nov 12, 2026 - 09:21
 0  12
पोखरामा जिप दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु, १२ जना घाइते

२६ कातिक,काठमाण्डाैं  । कास्कीको पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो।

 उपचारका क्रममा एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङ रहेका छन्।

दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली, पोखरा–२३ का १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका छन्।भएका छन्।

 दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0