पृथ्वी राजमार्गको मझिमटारमा मंगलबार दुई घण्टा सवारी आवागमन बन्द हुने
१६ कात्तिक,काठमाण्डाैं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटार क्षेत्रमा मंगलबार दुई घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) अन्तर्गत मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम नसकिएपछि पुनः सवारी आवागमन बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार कात्तिक १७ गते मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्ड भएर सञ्चालन हुने सबै सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य अघि बढाइएको थियो ।
तर, तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि मंगलबारका लागि पुनः समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासनको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0