पूर्वी नेपालमा प्रहरीको अप्रेशन: झापादेखि ताप्लेजुङसम्म लागू औषधसहित ११ जना समातिए (यीमध्ये पहिलो शीर्षक समाचारको
२१ असाेज,विराटनगर, । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर र ताप्लेजुङका विभिन्न स्थानबाट लागू औषधसहित ११ जना पक्राउ परेका छन्।
नेपाल प्रहरी कोशी प्रदेश कार्यालय विराटनगरका अनुसार असोज २० गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका–१० का अभिषेक चौधरीलाई ५ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको टोलीले केराबारी नगरपालिका–९ का नवीन राई र केराबारी–१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालयले फुङलिङ नगरपालिका–५ का रोहित श्रेष्ठलाई २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रदेश अनुसन्धान समूह विराटनगरको टोलीले धरान–४ का अर्जुन श्रेष्ठ, धरान–७ का दीपक मगर र धरान–१५ का बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, उदयपुरको इलाका प्रहरी कार्यालय ठोक्सिलाले बेलका नगरपालिका–४ का सबिन राईलाई ट्रामाडो ९०० क्याप्सुलसहित पक्राउ गरेको छ। भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारले आमचोक नगरपालिका–७ का १९ वर्षीय एकराज मगरलाई २ सय ४४ किलो ७७० ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको नेपाल प्रहरी कोशी प्रदेश कार्यालय विराटनगरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0