पाँच दिनको मौसम चेतावनी नक्सा सार्वजनिक, विभिन्न क्षेत्रमा जोखिम कायमै
११ असाेज,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिनको मौसमसम्बन्धी चेतावनी नक्सा सार्वजनिक गरेका छन्।
आइतबार बिहान ८ बजे जारी गरिएको चेतावनी नक्साअनुसार असोज ११ गते आइतबारदेखि असोज १५ गते बिहीबारसम्म विभिन्न क्षेत्रमा मौसमजन्य जोखिमको अवस्था देखाइएको छ।
विभागले पहिलो दिन असोज ११ गते, दोस्रो दिन असोज १२ गते, तेस्रो दिन असोज १३ गते, चौथो दिन असोज १४ गते र पाँचौँ दिन असोज १५ गतेका लागि छुट्टाछुट्टै चेतावनी नक्सा सार्वजनिक गरेको हो।
लगातार वर्षा भइरहेको अवस्थामा नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0