पर्सा : भारतबाट भन्सार छली ल्याइएका २० लाखका खाद्यान्न र औषधि बरामद

Sep 23, 2026 - 16:36
 0  9
पर्सा : भारतबाट भन्सार छली ल्याइएका २० लाखका खाद्यान्न र औषधि बरामद

७ असाेज,पर्सा । पर्सा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका २० लाख ८१ हजार २ सय २० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न किसिमका औषधि बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले असोज ५ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँ र छप्कैयाको बाटोबाट उक्त सामान बरामद गरेको हो।

 प्रहरीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा खाद्यान्न तथा औषधि फेला परेको थियो। बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0