पर्सामा २ राउन्ड हवाई फायर गर्दै ३३ किलो गाँजासहित तीन जना पक्राउ
५ असोज,बारा । पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलबाट प्रहरीले २ राउन्ड हवाई फायर गर्दै करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
आइतबार राति करिब १० बजे मलाही टोलमा अवैध रूपमा गाँजाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थलमा पुगेर गाँजा कारोबारीलाई नियन्त्रणमा लिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। उनीहरूको साथबाट प्रहरीले करिब ३३ किलो गाँजा बरामद गरेको मल्लले बताए।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0