परवानीपुरमा बर्थिङ सेन्टर सञ्चालन, प्रसूति सेवा निःशुल्क हुने

Sep 26, 2026 - 13:36
 0  2
परवानीपुरमा बर्थिङ सेन्टर सञ्चालन, प्रसूति सेवा निःशुल्क हुने

१० असाेज,बारा । परवानीपुर गाउँपालिका–२ रामपुरस्थित रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले रिबन काटेर बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन्।

बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै रामपुर तथा आसपासका क्षेत्रका गर्भवती महिलाले स्थानीय तहमै सहज र सुरक्षित रूपमा प्रसूति सेवा लिन पाउने भएका छन्। गाउँपालिकाले सेन्टरबाट निःशुल्क प्रसूति सेवा उपलब्ध गराउने जनाएको छ।

 गाउँपालिकाका अनुसार स्वास्थ्य संस्थामै सुत्केरी हुने आमालाई १ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ। त्यस्तै, गर्भावस्थामा स्वास्थ्य प्रोटोकलअनुसार चारपटक गर्भजाँच गराई सोही स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई ८ सय रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने व्यवस्था गरिएको छ।

गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। साथै, आमा र नवजात शिशुको आवश्यकतालाई ध्यानमा राख्दै कपडासहितको न्यानो झोला समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

बर्थिङ सेन्टर सञ्चालनसँगै ग्रामीण क्षेत्रका गर्भवती महिलालाई प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुने तथा समयमै स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा अध्यक्ष महमदनुरुल होदा अंसारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, स्वास्थ्यकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0