नेपाली कांग्रेस १५औँ महाधिवेशन: उपसभापति र महामन्त्रीको मत गणना शुरू
२४ असोज,काठमाण्डाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूको मतगणना सुरु भएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूसँगको बैठक सकिएपछि मतगणना सुरु गरिएको हो।
मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन पार्टी केन्द्रीय कार्यालय सानेपाका १४ वटा कोठामा सीसी क्यामेरा जडान गरिएको छ। कडा सुरक्षा व्यवस्थाबीच मतगणना जारी रहेको छ।
यसअघि शुक्रबार राति मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना गरिएको थियो। सभापति पदमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए।
अब उपसभापति र महामन्त्री पदको मतपरिणामप्रति कांग्रेसका नेता तथा कार्यकर्ताको चासो बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0