शंकरदेव क्याम्पसका पूर्वनेविसंघ सभापति राजीव चौधरीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Oct 6, 2026 - 14:36
 0  2
शंकरदेव क्याम्पसका  पूर्वनेविसंघ सभापति राजीव चौधरीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असाेज,काठमाडौँ, ।  नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका लागि बारा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। ​

बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण तथा समावेशी सहभागिता सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्। ​

नेपाल थारू संघ काठमाडौँका अध्यक्षसमेत रहेका चौधरी लामो समयदेखि कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा सक्रिय रहँदै आएका छन्। उनले शंकरदेव क्याम्पसमा नेविसंघको इकाइ सभापतिको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हालिसकेका छन्।

​पार्टीलाई आधुनिक, गतिशील र समयअनुकूल बनाउन नयाँ पुस्ताको सहभागिता अनिवार्य रहेको बताउँदै चौधरीले युवाको प्रतिनिधित्वसँगै थारू समुदायको राजनीतिक सहभागितालाई पनि प्राथमिकतामा राखेका छन्।

 ​राजनीतिसँगै उद्यमशीलतामा समेत सक्रिय चौधरीले लिंकन कलेजबाट व्यावसायिक प्रशासनमा स्नातकोत्तर (एमबीएस) गरेका छन्। उनी रमदुलारी कन्स्ट्रक्सनका निर्देशकसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0