आजपाले आन्दोलनको तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलायो

Oct 2, 2026 - 18:41
 0  5
आजपाले आन्दोलनको तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलायो

१६ असोज,काठमाण्डाैं । आम जनता पार्टी (आजपा) ले आगामी आन्दोलनको तयारी तथा पार्टीको कार्ययोजना तय गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

 आजपाका प्रवक्ता सुभाष साहका अनुसार बैठक असोज १८ गते आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्नेछ। बैठकले पार्टीको आगामी कार्ययोजनाको रूपरेखा तय गर्नुका साथै आन्दोलनको तयारीबारे महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।

 सरकारका कामकारबाहीको समीक्षा गर्दै अध्यक्ष प्रभु साहले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै ‘विदेशी एजेण्टबाट देश बचाउने’, ‘सैनिक हस्तक्षेपबाट लोकतन्त्र जोगाउने’ र ‘फेक शासनको अन्त्य’ लगायतका विषयमा छलफल हुने प्रवक्ता साहले बताएका छन्।

त्यस्तै, मूल्यवृद्धि, कालोबजारी, कर आतंक, मलखादको अभाव तथा बाढीपीडितको पुनर्स्थापना र पुनर्निर्माणका विषयमा पनि छलफल गरी आवश्यक निर्णय लिइने आजपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0