गोरखामा बूढीगण्डकीको आकस्मिक बाढी, सल्लेरी बजारमा ठूलो क्षति; जगत पनि प्रभावित
२५ असाेजज,गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित सल्लेरी बजार बगाएको छ ।
बाढीले जगत बजारमा समेत ठूलो क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार बाढीले सल्लेरी बजारका घर तथा भौतिक संरचनामा क्षति पुर्याउनुका साथै जगत बजारका संरचनासमेत प्रभावित भएका छन् ।
आइतबार बिहानै नदीमा पानीको बहाव एक्कासि बढेपछि बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाढीले थप क्षति पुर्याउन सक्ने जोखिम रहेकाले नदी किनार तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
बाढी आउनुको कारण चुमनुब्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर खोला थुनिएको हुन सक्ने आशंका गरिएको छ ।
तर घटनाको कारणबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0