कपिलवस्तुबाट भागेका १८ वर्ष कैद सजाय तोकिएका बलात्कारका दोषी रुपन्देहीमा पक्राउ
२४ असाेज,काठमाण्डाैं । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएकाे कपिलवस्तु कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१० भावपुरका २३ वर्षीय विष्णु चौधरी थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका–८ उच्नीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा निरन्तर खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणीसम्बन्धी कसुरमा दोषी ठहर भएका चौधरीलाई २०८० माघ २९ गते १८ वर्ष कैद सजाय सुनाइएको थियो । उनले २०८२ भदौ २५ गते तौलिहवास्थित कारागार कार्यालयबाट भागेर फरार भएका थिए ।
प्रहरीका अनुसार पक्राउ पर्दासम्म उनले २ वर्ष ३ महिना १९ दिन कैद भुक्तान गरिसकेका थिए । अब उनले १५ वर्ष ८ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ ।
पक्राउ परेका चौधरीलाई असोज २३ गते पुनः कारागार कार्यालय तौलिहवा, कपिलवस्तुमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0