कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
२० असाेज,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उक्त पदमा शर्माबाहेक अन्य उम्मेदवारले मनोनयन दर्ता नगरेपछि निर्वाचन समितिले उनलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो।
शर्माले यसअघि कांग्रेसको उपसभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। १५औँ महाधिवेशनमा विधान संशोधनमार्फत वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको हो।
यससँगै शर्मा कांग्रेसको नेतृत्व संरचनामा सभापतिपछिको महत्वपूर्ण पदमा पुगेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0