प्यूठानमा बसको ढोकाबाट खसेर १० वर्षीय बालकको मृत्यु
२४ असाेज,प्यूठान । प्यूठानमा गुडिरहेको बसको ढोकाबाट खसेर बसको टायरले किच्दा १० वर्षीय बालकको मृत्यु भएको छ।
प्यूठान नगरपालिका–३, ओखरबोटस्थित सडकमा शनिबार दिउँसो भएको दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ निवासी प्रकाश सुनारका छोरा पुस्कर सुनारको मृत्यु भएको हो।
प्रहरीका अनुसार सनिबार दिउँसो ३ः४० बजे जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना.४ ख ५९४६ नम्बरको बसको ढोकाबाट बालक खसेका थिए।
बसबाट खसेपछि टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस र चालक घोराही उपमहानगरपालिका–१२ निवासी प्रेम गिरीलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0