भारतमा सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, संस्थापक दिप्केसहित नेता प्रहरी नियन्त्रणमा

Oct 10, 2026 - 12:13
 0  9
भारतमा सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, संस्थापक दिप्केसहित नेता प्रहरी नियन्त्रणमा

२४ असाेज,बारा  । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले शनिबार निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारी गरेपछि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका पार्टीका संस्थापक अभिजित दिप्केसहित तीन नेतालाई प्रहरीले विमानबाट विमान भित्रै नियन्त्रणमा लिएको छ।

प्रहरी नियन्त्रणमा पर्नेमा दिप्केसँगै पार्टीका नेता सौरभ दास र आशुतोष रंका छन्। उनीहरू मुम्बईबाट दिल्ली पुगेका थिए। पार्टीले उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ।

सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। तर दिल्ली प्रहरीले अनुमति नदिएपछि प्रदर्शनस्थल र आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको छ।

 मतदाता सूचीबाट करोडौँ नाम हटाइएको आरोप सीजेपीले भारतमा मतदाता सूची संशोधनका क्रममा करिब १३ करोड मतदाताको नाम हटाइएको विषय उठाउँदै निर्वाचन आयोगमाथि प्रश्न गरेको छ।

पार्टीले उक्त प्रक्रियाले लोकतान्त्रिक निर्वाचन प्रणालीलाई प्रभावित पार्न सक्ने भन्दै मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। मतदाता सूचीमा गरिएको परिवर्तनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने विपक्षी समूहहरूको आरोप छ।

 तर निर्वाचन आयोग र भाजपाले मतदाता सूचीमा हेरफेर गरेर चुनाव प्रभावित पारिएको आरोप अस्वीकार गरेका छन्। दिल्लीमा मेट्रो र रेल सेवामा प्रतिबन्ध प्रदर्शन रोक्न दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको छ।

 जन्तर मन्तर आसपासका सडकमा अवरोधक राखिएका छन् भने केही मेट्रो स्टेसन बन्द गरिएका छन्। प्रदर्शनस्थल आसपास मोबाइल इन्टरनेट सेवा पनि अस्थायी रूपमा बन्द गरिएको समाचारमा उल्लेख छ। प्रहरीले प्रदर्शनकारी दिल्ली प्रवेश गर्न नपाऊन् भन्ने उद्देश्यले विभिन्न स्थानमा निगरानी बढाएको छ।

 प्रदर्शनमा सहभागी हुन आएका केही व्यक्तिलाई बाटोमै रोकिएको र नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएका छन्। करिब दुई सय प्रदर्शनकारी नियन्त्रणमा प्रदर्शनका क्रममा दिल्ली प्रहरीले करिब दुई सय व्यक्तिलाई नियन्त्रणमा लिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये चर्चित युट्युबर ध्रुव राठी पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सीजेपीले प्रदर्शनकारीलाई शान्तिपूर्ण रहन, प्रहरीका अवरोधक नतोड्न र निषेधित क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको थियो। पार्टीले प्रदर्शनलाई लोकतान्त्रिक अधिकारसँग जोड्दै प्रहरीको रोकावटका बाबजुद आफ्नो अभियान जारी राख्ने बताएको छ। स्रोत: रोयटर्स तथा भारतीय सञ्चारमाध्यमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0