नवलपरासी पश्चिममा सामान्य विवादपछि कुटपिट, घाइते युवकको मृत्यु

Sep 22, 2026 - 08:26
 0  6
नवलपरासी पश्चिममा सामान्य विवादपछि कुटपिट, घाइते युवकको मृत्यु

६ असाेज,नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ।

 प्रहरीका अनुसार गत भदौ २९ गते साँझ करिब ६ः४० बजे मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका संजय र सुनिलबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा सुनिलले संजयलाई कुटपिट गरेको बताइएको छ।

कुटपिटबाट संजयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगत बगेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।

 मेडिकल कलेजमा उपचाररत संजयको आज बिहान करिब ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका सुनिल प्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0