धादिङमा ४०० मिटर तल खस्यो बोलेरो, एक महिलाको मृत्यु, चालकसहित नौ जना घाइते
ईर्साद अन्सारी
४ मंसिर,धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
बिहीबार राति करिब १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ घाइते भएका छन्।
त्यस्तै, बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।
त्यस्तै, बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।
घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ। सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परेको बोलेरो गाडी र मृतकको शव घटनास्थलमै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0