धनुषामा अविरल वर्षापछि पहिरो खस्दा घर पुरियो, महिलाको मृत्यु

Sep 27, 2026 - 12:59
 0  3
धनुषामा अविरल वर्षापछि पहिरो खस्दा घर पुरियो, महिलाको मृत्यु

११ असोज, जनकपुरधाम । अविरल वर्षाका कारण धनुषाको मिथिला नगरपालिका–११ आँपगाछी टोलमा पहिरो खस्दा घर पुरिएर एक महिलाको मृत्यु भएको छ ।

 आज बिहान वर्षा भइरहेका बेला राजन श्रेष्ठको एकतले घरमाथिबाट अचानक पहिरो खसेको थियो । पहिरोले घर पुरिँदा घरभित्र रहेकी ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि घरमा रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन् । स्थानीयका अनुसार लगातारको वर्षाका कारण त्यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक उद्धार तथा अन्य व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0