धनुषाधाममा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ
ईर्साद अन्सारी
६ मंसिर,बारा । धनुषाको धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी अन्दाजी ४० वर्षीया गंगावती महतो रहेकी छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली एक राउण्ड लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारिएको थियो।
पक्राउ परेकी महिलामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0