दैलेखमा अटो दुर्घटना : एकको मृत्यु, दुई घाइते

Sep 21, 2026 - 15:09
 0  5
दैलेखमा अटो दुर्घटना : एकको मृत्यु, दुई घाइते

५ असोज, दैलेख । दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो १२:१० बजे पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र.–०२–००१ ह १६५७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । अटोमा चालकसहित तीन जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीलाई उपचारका लागि दुल्लु अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामी घाइते भएका छन् । दुवै जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0