दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन, ४५ मिनेटको सीपीआर प्रयास पनि असफल
२२ असाेज,काठमाण्डाैं । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मणिपाल अस्पतालका वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट डा. शेखर साल्करका अनुसार पाटेकरलाई बिहान करिब ५:२० बजे हृदयाघात भएको थियो।
उनलाई बचाउन चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म लगातार सीपीआर अर्थात् मुटुको धड्कन र श्वासप्रश्वास पुनः सञ्चालन गराउने प्रयास गरेको थियो। तर प्रयास सफल हुन सकेन। टेकरलाई गोवाको डोना पाउला क्षेत्रमा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको विवरण पनि सार्वजनिक भएको छ।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। डा. साल्करका अनुसार घटनाबारे मेडिको–लिगल केस (एमएलसी) दर्ता गरिएको छ। मृत्युको कारणबारे थप स्पष्ट हुन पोस्टमार्टम गरिने जनाइएको छ। नाना पाटेकरको चलचित्र यात्रा पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो।
उनले सन् १९७८ मा आएको गमन चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी तथा मराठी चलचित्रमा दर्जनौँ चर्चित भूमिकामार्फत आफ्नो छुट्टै पहिचान बनाए।
परिन्दा, प्रहार, क्रान्तिवीर, अग्निसाक्षी, खामोशी: द म्युजिकल, अब तक छप्पन, अपहरण, ट्याक्सी नम्बर ९२११ र वेलकम लगायतका चलचित्रमा उनको अभिनय निकै चर्चित रह्यो। अभिनयसँगै पाटेकरले प्रहार: द फाइनल अट्याक चलचित्र निर्देशनसमेत गरेका थिए।
चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत उनलाई सन् २०१३ मा पद्मश्री प्रदान गरिएको थियो। उनले राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयरसहित विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए।
पछिल्ला वर्षमा पनि उनी चलचित्रमा सक्रिय थिए। उनी हाउसफुल ५ मा देखिएका थिए भने आगामी चलचित्र परियोजनामा समेत आबद्ध थिए। नाना पाटेकरको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0