दाउन्नेमा ब्रेक फेल भएर बस नालामा पल्टिँदा ४ जनाको मृत्यु, ११ घाइते
१७ असाेज,नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर बस नालामा पल्टिँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौंका लागि हिँडेको बस आज बिहान पौने ४ बजे दाउन्नेमा ब्रेक फेल भएर सडकबाट नालामा पल्टिएको थियो।
दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा १७ जना यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका ११ जनालाई उद्धार गरी कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको छ। बिहान सवा ६ बजेसम्म मृतकको पहिचान भने खुल्न सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0