त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धारका लागि हेलिकप्टरबाट स्काभेटर र डोजर लगिँदै

Aug 30, 2026 - 14:39
 0  1
त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धारका लागि हेलिकप्टरबाट स्काभेटर र डोजर लगिँदै

१४ भदाै,काठमाण्डाै । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर आयोजनास्थलतर्फ पुर्‍याउन थालेको छ। सेनाले ती भारी उपकरणहरूलाई नुवाकोटको बट्टारसम्म पुर्‍याएर खण्ड–खण्ड (डिसमेन्टल) गरेको छ।

 त्यसपछि हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिँदैछ। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ।

 गएराति आयोजनाक्षेत्रमा भीषण बाढी आए पनि उद्धार तथा सुरुङ खुलाउने प्रयास निरन्तर भइरहेको सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने ‘ब्रेक थ्रु’को काम अन्तिम चरणमा पुगेको छ।

 अबको करिब एक घण्टामा सुरुङको प्रवेशद्वार खोल्ने काम सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रवेशद्वार खुलेपछि मात्रै सुरुङभित्र फसेका मानिसहरूको अवस्था पत्ता लगाउने, खोजी गर्ने र उद्धार कार्य अघि बढाइने सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0