डोल्पामा गोठमा सुतिरहेका बेला भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु
१० असाेज,डाेल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
असोज ९ गते राति करिब ९ः४५ बजे त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका थिए।
सोही क्रममा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा मनरुप केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
ढुङ्गाले लागेर चन्द्ररुप केसीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0