टोखामा आफैँमाथि गोली प्रहार गरेका प्रहरी हवल्दार ढकालको मृत्यु
४ मंसिर,काठमाडौं । काठमाडौंको टोखामा आफैँले बोकेको पेस्तोलबाट गोली प्रहार गरेका प्रहरी हवल्दार डोलनाथ ढकालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राति ढकालले आफ्नै कोठामा आफैँमाथि गोली प्रहार गरेका थिए ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मृतक ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत थिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0