घरायसी विवादमा छुरा प्रहार, सुरज साह लहेरा घाइते
२६ कातिक,बारा । बाराको महागढीमाई नगरपालिका–१, गढीमाई मन्दिरस्थित क्षेत्रमा घरायसी विवादका क्रममा छुरा प्रहार हुँदा एक युवक घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय प्रहलाद साह लहेराका छोरा सुरज साह लहेरा रहेका छन्। प्राप्त जानकारीअनुसार स्थानीय भीम साह लहेराले घरायसी विवादका क्रममा सुरजमाथि छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट घाइते भएका सुरजलाई उपचारका लागि कलैयातर्फ ल्याईएको छ। घटनाको कारण घरायसी विवाद रहेको बुझिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0