काठमाडौंमा हावाहुरीले रुखको हाँगा खसेर सडक अवरुद्ध, ३० मिनेटपछि सवारी आवागमन सुचारु
८ असाेज,काठमाडौं । काठमाडौं महानगरपालिका–११ माइतीघर मण्डला नजिक अन्नपूर्ण अस्पताल अगाडिको सडकखण्डमा वर्षा र हावाहुरीका कारण रुखको हाँगा भाँचिएर सडक अवरुद्ध भएको छ।
बिहीबार साँझ करिब ५ः४० बजे रुखको हाँगा भाँचिएर सडकमा खसेपछि सवारी आवागमन प्रभावित भएको थियो। घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर कटिङ मेसिनको प्रयोग गरी हाँगा काटेर पन्छाएको थियो।
प्रहरीका अनुसार साँझ ६ः१० बजे सडकबाट हाँगा हटाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
रुखको हाँगा खस्दा गुडिरहेको प्रहरी वृत्त बालाजुको बा.प्र.०१ ग ४८४६ नम्बरको प्रिजनर क्यारियर गाडीसहित बा.प्र.०१–००३४ च ५७९० नम्बरको अर्को गाडीमा क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0