ईलामकाे साधुगाउँमा बोलेरो जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
१ असाेज,ईलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप साधुगाउँ–देउराली भित्री सडकखण्डमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा जिपले थिचिएर देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाका बेला जिपमा चालक बस्नेत मात्रै सवार थिए।
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली तथा अनुसंधान टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0