आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता प्रसारणप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

Sep 14, 2026 - 17:24
 0  8
आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता प्रसारणप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

२९ भदाै,काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवामा आएको बाढीपछि उद्धार गरिएका व्यक्तिको आईसीयूबाटै अन्तर्वार्ता लिई प्रसारण गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा त्रिशूली–३ए हाइड्रोपावरबाट १० दिनपछि उद्धार गरी अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिहरूसँग अन्तर्वार्ता लिइएको सामग्री ‘Inside the Bukner’ नामक युट्युब च्यानलबाट प्रसारण भएको उल्लेख गरेको छ।

यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक अस्पतालको आईसीयूमा उपचाररत रहेको अवस्थामा अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय पनि काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा जनाइएको छ।

 काउन्सिलले दुवै घटनामा सम्प्रेषित सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहे/नरहेको विषयमा थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा मेडिकल काउन्सिलमा पत्राचारसमेत गरिएको प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलले अध्ययन तथा अनुगमनपछि विषयको थप निष्कर्षमा पुग्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0