३ करोड ३८ लाखको अनलाइन जुवा र क्रिप्टो कारोबारमा सर्लाहीका २२ वर्षीय युवक काठमाडौंबाट पक्राउ

Oct 8, 2026 - 18:01
 0  10
३ करोड ३८ लाखको अनलाइन जुवा र क्रिप्टो कारोबारमा सर्लाहीका २२ वर्षीय युवक काठमाडौंबाट पक्राउ

ईर्साद अन्सारी

२२ असाेज,काठमाडौं । सर्लाहीका २२ वर्षीय युवक ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। 

काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्। परिसरका अनुसार असोज २१ गते साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका–११ माइतीघरस्थित सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा महतोलाई प्रहरी टोलीले फेला पारेको थियो।

 सोधपुछ तथा जाँचका क्रममा उनले अनलाइन माध्यमबाट सट्टेबाजी तथा जुवा खेल्ने–खेलाउने गरेको खुलेको प्रहरीले जनाएको छ। साथै उनले यूएसडीटी लगायत अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) को कारोबारसमेत गर्दै आएको पाइएको छ।

 प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसा भन्दा बढीको कारोबार गरेको खुलेको छ। प्रहरीले उनको साथबाट एक थान मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिएको छ।

 अभौतिक मुद्रा कारोबार तथा सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0