हेटौँडामा ३८ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
२१ भदाै,बारा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीबाट प्रहरीले ३८ ग्राम खैरो हेरोइनजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत चुरियामाईतर्फबाट हेटौँडातर्फ जादै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३, डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन्।
प्रहरीका अनुसार खानतलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने ३८ ग्राम पदार्थ बरामद भएको छ। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0