सिरहाका युवकसहित दुई जना ५८ ग्राम खैरो हेरोइनसहित पक्राउ
१३ असोज,बारा । सिरहाका एक युवकसहित दुई जना ५८ ग्राम खैरो हेरोइनसहित ललितपुरबाट पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले असोज १२ गते ललितपुर महानगरपालिका–४ र ५ स्थितबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ का २२ वर्षीय कालिन्द्र प्रसाद यादव र झापाको हल्दीबारी गाउँपालिका–५ का ४७ वर्षीय सुरज दाहाल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ५८ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, नगद ९० हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागू औषधसम्बन्धी थप आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0