सिम्रौनगढबाट दुई कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित ५० वर्षीय कुशवाहा पक्राउ
१३ असोज,बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गोलागञ्जबाट खटिएको टोलीले सोमबार सिम्रौनगढ नगरपालिका–६ स्थित सलेमपुरबाट कुशवाहालाई पक्राउ गरेको हो।
तलासीका क्रममा कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच राउन्ड गोली र एक थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए।
हतियार तथा गोलीसहित पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0