सिन्धुलीमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते

Sep 30, 2026 - 11:35
 0  9
सिन्धुलीमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते

१४ असाेज,सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । 

बुधबार बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 दुर्घटनाको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जिपमा सवार घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन् ।

 जिप चालक बेथानचोक गाउँपालिका–३ का करिब २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0