लोकेश सिंह नेपाली कांग्रेस बारा क्षेत्र नम्बर–४ को सभापतिमा सर्वसम्मत निर्वाचित

Sep 30, 2026 - 17:23
 0  9
लोकेश सिंह नेपाली कांग्रेस बारा क्षेत्र नम्बर–४ को सभापतिमा सर्वसम्मत निर्वाचित

ईर्साद अन्सारी

१४ असाेज,बारा । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर–४ को सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन्।

आज सम्पन्न क्षेत्रीय अधिवेशनबाट सिंहलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको हो। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकता दिने अपेक्षा उनीबाट गरिएको छ।

सिंहको निर्विरोध चयनसँगै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

क्षेत्रीय सभापतिमा निर्वाचित सिंहलाई आगामी कार्यकालमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण जिम्मेवारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0