रौतहटमा ५० लाखभन्दा बढीका मोबाइल सामग्री सहित दुई मोटरसाइकल बरामद

Sep 23, 2026 - 13:49
 0  6
रौतहटमा ५० लाखभन्दा बढीका मोबाइल सामग्री सहित दुई मोटरसाइकल बरामद

ईर्साद अन्सारी

७ असाेज,रौतहट । सशस्त्र प्रहरीले रौतहटको गौर नगरपालिका–४ टिकुलियाबाट करिब ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्रीसहित दुईवटा मोटरसाइकल बरामद गरेको छ।

 गौर नगरपालिका–४ टिकुलिया बस्ने भोला साहको घरमा मोबाइलसँग सम्बन्धित सामान लुकाइछिपाइ राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरीले छापामारी गरी ती सामग्री बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा ४५ जना सुरक्षाकर्मी तथा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले घरमा छापामारी तथा खानतलासी गरेको जनाएको छ।

खानतलासीका क्रममा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अनुमानित ५० लाख १४ हजार ५०१ रुपैयाँ बराबरको मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्रीसँगै दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको जनाइएको छ। बरामद सामग्रीको स्रोत तथा त्यसमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0