रामेछापमा नाबालिका छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

Oct 1, 2026 - 18:52
 0  6
रामेछापमा नाबालिका छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

१५ असाेज,रामेछाप । नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।

 जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भण्डारीले आफूले अध्यापन गराउँदै आएकी १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिन्छु भन्दै ललाई–फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ।

 त्यस्तै, उनले फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाई यौनजन्य क्रियाकलाप गर्दै पटक–पटक बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

 प्रहरीले भण्डारीलाई बुधबार पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0