मुख्य राजमार्गमा पहिरो र बाढीको असर, विभिन्न सडकखण्ड अवरुद्ध

Sep 10, 2026 - 07:35
 0  2
मुख्य राजमार्गमा पहिरो र बाढीको असर, विभिन्न सडकखण्ड अवरुद्ध

२५५ भदाै,काठमाडौं । देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीले बिहीबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको जनाएको छ भने केही स्थानमा एकतर्फी यातायात सञ्चालनमा आएको जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा पहिरोका कारण काठमाडौं–धादिङ सडकखण्ड प्रभावित भएको छ । पहिरो पन्छाएपछि उक्त सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

 बागमती प्रदेशअन्तर्गत काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारीसाधनमा अवरोध कायम छ । बीपी राजमार्गमा अर्को सूचना नभएसम्म यातायात प्रभावित रहने जनाइएको छ । रसुवामा बाढीका कारण मुख्य राजमार्ग प्रभावित भएको छ ।

उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

 नुवाकोटकै वेत्रावती नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड प्रभावित भएको छ । धादिङमा पनि पहिरोका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

थाक्रे गाउँपालिका–७ सोप्याङखोलास्थित त्रिभुवन राजपथमा पनि पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध छ । बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा भने पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमा मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–गमगढी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।

दैलेखको दुल्लु नगरपालिका–१ भम्लुको खोलामा पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भए पनि एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । प्रहरीले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0