कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ, विचौलियासँगको बैंकिङ कारोबारमाथि प्रहरीको अनुसन्धान
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार दिउँसो कीर्तिपुर नगरपालिका–स्थित पाँगाबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले महेश पक्राउ परेको पुष्टि गरे पनि पक्राउ गर्नुको कारणबारे भने खुलाउन चाहेनन् ।
प्रहरी स्रोतका अनुसार विवादित विचौलिया भनिएका इनम सापकोटासँग महेशको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार सापकोटासँग भएको आर्थिक कारोबारलाई अनुसन्धानको आधार बनाइएको छ । यद्यपि, प्रहरीले यस विषयमा औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन ।
पक्राउ परेका महेश नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठका भाइ हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0