भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री शाहले जनप्रतिनिधिसँग छलफल गर्दै

Sep 14, 2026 - 12:01
 0  10
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री शाहले जनप्रतिनिधिसँग छलफल गर्दै

२९ भदाै,काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले छलफल सुरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि छलफल सुरु भएको कार्यालयले जनाएको हो।

 छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरू सहभागी रहेको बताइएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रभावित क्षेत्रमा बाढीपछिको अवस्था, हालको परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहनेछ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्थाको समीक्षा गर्दै आवश्यक राहत, व्यवस्थापन तथा आगामी पुनरुत्थानका कामलाई प्रभावकारी बनाउने विषयमा जनप्रतिनिधिहरूसँग छलफल भइरहेको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0